Saturday, September 21, 2024
spot_img

आगामी आवमा १५ हजार ५७१ हेक्टरमा सिँचाइ विस्तार गरिने घोषणा 

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष (आव) मा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिँचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिँचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।

यस्तै सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ । सिक्टा सिँचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे ।

बजेटमा बबई सिँचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा भनिएको छ ।

यस्तै महाकाली सिँचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेट मार्फत घोषणा गरे । ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिँचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।

बजेटमा मध्य तराईको ५ जिल्लामा १ लाख २२ हजार हेक्टरमा सिँचाइको लागि सुनकोशी मरिन डाइभर्सन हेडवक्र्सको लागि ३ अर्ब १२ करोड विनियोजन भएको छ ।

बागमती सिँचाइ आयोजनाको सिँचाइ प्रणाली पुनस्थापना गरी ४५ हजार ६ सय हेक्टरमा भरपर्दो सिचाई पुर्‍याउने भन्दै ६८ करोड विनियोजन भएको छ । कर्णाली प्रदशेका १० वटै जिल्लाका् एकीकृत कणरली विकास सिचार्य अयोजनाको लागि ८२ करोड रुपैयाँ छुट्टाएको छ । 

तराई क्षेत्रमा सिँचाइ क्षेत्रमा ४ वटा ५० डीप बोरिङ जडान गरि १५ हजार हेक्टर जमिनमा सिँचाइ विस्तार गरिने यसको लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन भएको मन्त्री पुनले ल्याएको बजेटमा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img