काठमाडाैँ । युनाईटेड मोदी हाइड्रो पावर लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन प्रस्ताव पारित गर्दै साधारणसभा सकिएको हो । सभाले कम्पनीकाे प्रस्ताव पारित गरेसँगै अब आफ्नाे सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।
सभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको थियो ।
लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने तथा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
कम्पनीकाे १० मेगावाटकाे तल्लाे माेदी १ जलविद्युत आयाेजना सञ्चालनमा छ ।