काठमाडाैँ । राष्ट्रिय सभाको आज (असार ९ गते) को बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक–२०८१’ पेस भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सभामा पेस गरेका हुन् ।
बैंठकमा बाेल्दै मन्त्री बस्नेतले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए।
नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ याे विधेयक निर्माण गरिएकाे हाे ।
ऊर्जा दक्षतामार्फत ऊर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै ऊर्जाको प्रयोग र उपभोगमा सर्वसाधारणको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य हासिल गर्ने विद्येयकको उद्देश्य रहेको छ । साथै, नागरिकलाई सुपथ र सुलभ मूल्यमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने नीतिको कार्यान्वयन गर्ने पनि यसको उद्देश्य छ ।
याे पनि पढ्नुहाेसः ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता’ सम्बन्धी विद्येयक दर्ता