Thursday, October 10, 2024
spot_img

बाढीका कारण ११५७ मेगावाट जलविद्युत् उत्पादन प्रभावित

spot_img

Share

spot_img

काठमाडाैँ । निरन्तरको वर्षासँगै आएको बाढीले ११५७.९ मेगावाटका जलविद्युत केन्द्रकाे उत्पादन प्रभावित भएकाे छ । वर्षासँगैकाे ठूलाे बाढीले ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी सहित ७ जलविद्युतगृहबाट उत्पादन हुने ६४० मेगावाट बिजुली पूर्ण रूपमा बन्द भएकाे छ ।

यसैगरी, बाढीकै कारण ५१७.९ मेगावाटका जलविद्युतगृह पनि प्रभावित भएकाे छ । यी जलविद्युत केन्द्रकाे उत्पादन भने आंशिक रूपमा भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गए राति पौने १:४५ बजेदेखि उत्पादन बन्द भएकाे छ । यस्तै ६० मेगावाटको माथिल्ला त्रिशूली थ्री ‘ए’ र १० मेगावाटको सुनकोसी जलविद्युत आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको छ ।

यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्यमोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।

यस्तै, बाढीकै कारण अन्य जलविद्युत केन्द्रकाे उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको छ । ८६ मेगावाटकाे साेलु दूधकाेसीबाट ५० मेगावाट, ७७ मेगावाटको लिखु-१ बाट ४७ मेगावाट, ५५ मेगावाटको लिखु-२ बाट २९ मेगावाट, ७३ मेगावाटको मध्य तमोरबाट ३८ मेगावाट, १४४ मेगावाटको कालिगण्डकी ‘ए’ बाट ६० मेगावाट, १४.८ मेगावाटको मोदीबाट ७ मेगावाट, २४ मेगावाटको त्रिशूलीबाट ६ मेगावाट, १४.१ मेगावाटको देविघाटबाट ५ र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट १४ मेगावाट मात्रै बिजुली उत्पादन भइरहेकाे प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img