Thursday, January 23, 2025
spot_img

मुगु कर्णालीको १९०२ मेगावाट विद्युत् फुकोट सबस्टेसनमा जोडिने

spot_img

Share

spot_img

काठमाडाैँ । मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित १९०२ मेगावाट विद्युत् फुकोट सबस्टेसनमा जोड्ने सम्बन्धी द्विपक्षीय समझदारी भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।

आयोजनाबाट उत्पादित बिजुली ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।

यस आयोजनाको ड्याम पिलुचौरमा निर्माण गरिनेछ । आयोजनाका अनुसार ड्याम २८५ मिटर अग्लो हुनेछ । ड्यामकै आसपासमा आयोजनाको पावर हाउस निर्माण हुनेछ । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् । 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img