काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त जिम्वेवारी दिने निर्णय गरेको हो ।
यसअघिका सिइओ डा. जुगल भूर्तेलको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा निजले व्यक्तिगत कार्य व्यस्तताको कारण सेवामा निरन्तरता दिन असमर्थ रहेको उल्लेख गरेपछि नयाँ सीईओ नियुक्त नभएसम्मका लागि पोखरेललाई उक्त जिम्वेवारी दिने निर्णय भएकाे छ ।
डा.पाेखरेल सन् २०१८ देखि कम्पनीमा कार्यरत छन् । उनी यस अघि कम्पनीकाे आयाेजना संयाेजक रूपमा कार्यरत थिए ।
कम्पनीले निर्माण गरेकाे ७३ मेगावाटकाे मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेकाे छ ।