Monday, September 21, 2026
spot_img

तनहुँ–चितवन लाइन निर्माणले गति लिने, सामुदायिक वनमा रुख कटान स्वीकृति

spot_img

Share

spot_img

काठमाडाैँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माणले थप गति लिने भएको छ। प्रसारण लाइनअन्तर्गत तनहुँतर्फ पर्ने सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक कानुनी स्वीकृति प्राप्त भएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न अनुमति दिएको हो। यससँगै तनहुँतर्फ प्रसारण लाइन निर्माणमा देखिएको वनसम्बन्धी कानुनी प्रक्रिया अघि बढेको छ ।

प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ–छ वटा सामुदायिक वन रहेका छन् । चितवनतर्फ भने रुख कटानको काम जारी रहेको भण्डारीले जानकारी दिए ।

३५ किलोमिटरमा ९४ टावर निर्माण हुँदै

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण र ७८ वटा टावर जडानको काम सम्पन्न गरेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। तनहुँतर्फ रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ ।

आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ जलविद्युत आयोजनाको निर्माण तीनवटा प्याकेजमा भइरहेको छ । प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। उक्त प्याकेजको निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ ।

त्यस्तै, प्याकेज–२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । यस प्याकेजको निर्माण प्रगति ७९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको समग्र भौतिक प्रगति भने ७८ प्रतिशत पुगेको छ। प्रसारण लाइन निर्माणका लागि आवश्यक वनसम्बन्धी कानुनी प्रक्रिया अघि बढेसँगै बाँकी कामले गति लिने आयोजनाको विश्वास छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img