काठमाडौँ । नवनियुक्त ऊर्जा जलस्रोत तथाँ सिँचाइ मन्त्री दिपक खड्काले ऊजा तथा जलस्रोत क्षेत्रको विकासका लागि तल्कालिन र दीर्घकालीन कार्ययोजना तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । मन्त्री खड्काले पदभार ग्रहण गर्दै ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन नीति कार्यान्वयनका लागि सहज वातावरण सिर्जना गर्न ९ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रमा सुशासन तथा विकास लागि तत्कालिन एंव दीर्घकालीन कार्ययोजना तयार गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।
कार्यदलमा मन्त्रालय बजेट महाशाखाका सहसचिव सुशीलचन्द्र आचार्य, विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तगा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल छन् ।
यसैगरी, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्य तथा मन्त्रालय ऊर्जा नीति महाशाखाका सिडिई राजु महर्जन लगायत छन् ।