Friday, March 28, 2025
spot_img

नेपाल–बंगलादेश सचिवस्तरीय बैंठक पोखरामा, सुनकोसी-३ काे निर्माण कम्पनी स्थापनाका लागि सम्झौता गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल–बंगलादेशका ऊर्जा सचिवस्तरीय बैंठक साउन १४ र १५ गते पोखरामा हुने भएको छ । यो छैटौं बैंठक हो ।

बैठकमा ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत् आयोजना निर्माणका लागि सयुक्त कम्पनी स्थापना गर्ने सम्झौता गर्ने तयारी छ । यो आयोजना बंगलादेश आफैले निर्माण गरेर उत्पादीत विद्युत् लैजाने योजना छ । यसका लागि प्राविधिक सहितको बंगलादेशी टोलीले यो आयोजनाको स्थलगत निरीक्षण समेत गरिरहेको छन् ।

आयोजनाको बाँधस्थल रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकामा पर्छ । आयोजना निर्माण सुरु भएको करिब ७ वर्षमा सञ्चालनमा आउने अनुमान गरिएको छ । २०८२ मा निर्माण सुरु गरी २०८८ मा सम्पन्न गर्ने योजना छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना पूरा भएपछि वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

दुई देशका अघिल्ला बैंठकहरू

यसअघिको अर्थात पाँचौं बैठक २०८० जेठ १ र २ गते बंगलादेशको ढाकामा सम्पन्न भएको थियो । यसैगरी, पहिलो बैठक २०७५ मंसिर १७ र १८ गते काठमाडौँमा सम्पन्न भएको थियो । दोस्रो बैठक २०७६ असार ५ र ६ गते कोक्स बजार बंगलादेशमा सम्पन्न भएको थियो । तेस्रो बैठक २०७८ भदौ २९ गते भर्चुअल माध्यममार्फत दुवै देशका ऊर्जा सचिवहरूको बैठक सम्पन्न भएको थियो । चौथो बैठक २०७९ भदौ ८ र ९ गते काठमाडौँको सोल्टी होटेलमा सम्पन्न भएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img