Thursday, December 5, 2024
spot_img

बाढीले १९ मेगावाटको दुई जलविद्युत् आयोजनामा क्षति

spot_img

Share

spot_img

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोले भोजपुरमा निर्माणाधीन १९ मेगावाटको दुई जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । गए राति आएको बाढीले १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र ४.३ मेगावाटको फेदी खोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो ।

आरती पावर कम्पनीले निर्माण गरिरहेको अपर ईखुवामा बाढीले क्षति पुर्याएसँगै निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चौधरी बेपत्ता भएका छन् । रामकुमार चौधरीलाई भने करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको जनाइएको छ । एक जना स्थानीय महिला पनि बेपत्ता भएकी छन् ।

आयोजनाको निर्माणकार्य खटिएका लेवर क्याम्प, क्सर, जडान गरिएको करिब पाँच सय मिटर पाइप समेत बाढीले बगाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img