Friday, August 28, 2026
spot_img

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

spot_img

Share

spot_img

काठमाडाैँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको थियो । उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको जानकारी प्राप्त भएको छ ।

प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img