Friday, August 28, 2026
spot_img

बाढीले रसुवा र नुवाकोटका कुल ७४८ मेगावाटका आयोजनामा भीषण क्षति

spot_img

Share

spot_img

काठमाडाैँ । भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट एक्कासि आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा विद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुगेको छ । बाढीका कारण दुवै जिल्लाका गरी कुल ७४८ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रद्वारा प्रवर्द्धित परियाेजनामा क्षति पुगेकाे हाे । यसमा सञ्चालनमा आइसकेका कुल ३५४ मेगावाटका ८ वटा आयोजना र निर्माणाधीन अवस्थामा रहेका कुल ३९४ मेगावाटका ५ वटा आयोजनाहरू समावेश छन् ।

रसुवा जिल्लामा मात्रै ५७३ मेगावाट क्षमताका ७ वटा आयोजनाहरू बाढीको चपेटामा परेका छन्, जसमध्ये सञ्चालनमा रहेका २३१ मेगावाटका ५ आयोजना (रसुवागढी-१११ मेगावाट, साञ्जेन खोला-७८ मेगावाट, चिलिमे-२२ मेगावाट, लाङटाङ खोला-२० मेगावाट) र निर्माणाधीन अवस्थामा रहेका ३४२ मेगावाटका ३ आयोजना (माथिल्लो त्रिशूली १-२१६ मेगावाट, रसुवा भोटेकोशी-१२० मेगावाट, माथिल्लो मेलुङ ए-६.४२ मेगावाट) रहेका छन् ।

त्यसैगरी, नुवाकोट जिल्लामा कुल १७५.६ मेगावाट क्षमताका ६ वटा आयोजना प्रभावित भएका छन्, जसमा सञ्चालित १२३ मेगावाटका ४ आयोजना (माथिल्लो त्रिशूली ३ए-६० मेगावाट, सोलर-२५ मेगावाट, त्रिशूली-२४ मेगावाट, देवीघाट-१४.१ मेगावाट) र निर्माणाधीन ५२.६ मेगावाटका २ आयोजना (माथिल्लो त्रिशूली ३बी-३७ मेगावाट, मिडिल त्रिशूली गङ्गा-१५.६ मेगावाट) रहेका छन् । नदीमा आएको यस भीषण बाढीले जलविद्युत् क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ भने विस्तृत विवरण संकलन गर्ने काम जारी छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img