Sunday, December 15, 2024
spot_img

प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र महेन्द्र गुरुङ नियुक्त

spot_img

Share

spot_img

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले कार्की र गुरुङलाई नियुक्त गरेको हो ।  देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर अवकास भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट अवकास भएका हुन् ।

उनीहरूलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ताहरू मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबारदेखि लागु हुने गरी उनीहरूलाई नियुक्त गरेको हो । आजै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको थियो ।

पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img