Sunday, December 15, 2024
spot_img

‘नाडा अटाे शाे’ मा नामी गाडी मात्रै ७१७ वटा बुकिङ

spot_img

Share

spot_img

काठमाडाैँ । नाडा अटो शो-२०२४ मा नामी गाडी मात्रै ७१७ वटा बुकिङ भएकाे छ । बढी चर्चामा रहेको याे चिनियाँ विद्युतीय सवारी नामीकाे नेपालको आधिकारिक बिक्रेता एमएडब्लु समूह हाे ।

‘नामी ई’को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, ‘नामी ई-२’ को ३१ लाख ९९ हजार र ‘नामी ई-३’ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ । नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । अहिले यो कम्पनीका गाडी १ सयभन्दा बढी देशमा उपलब्ध छन् ।

नामीमा ७० किलोवाटको मोटर पावर रहेको । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३ सय १० किलोमिटर रेन्ज दिन्छ । साथै नामीको टप स्पिड १ सय ४० किलोमिटर प्रतिघण्टा छ ।

यस्तै, चिनियाँ ईभी बीवाईडीको ७ सय १२ युनिट, हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको १५० गाडी बुकिङ हुँदा सुजुकिको १८४ र पारामाउन्ट मोटर्सको एमजी ३०० युनिट बुकिङ भएको छ। यस पटक टाटा गाडीको ६४४ युनिट बुकिङ भएको छ। टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार, टाटा पन्च ईभी ४७५ र टियागो ईभी १६९ युनिट बुकिङ भएको हो।

सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स ३० बढी बुकिङ भएको कम्पनीले जनाएको छ। सारडा ग्रुप अन्तर्गतको एसपीजी मोटर्सले प्रदर्शनीमा राखेको ओमोडा तथा जेको जे सिक्स ३५० भन्दा बढी बुकिङ भएको छ।

सांग्रीला मोटर्सअन्तर्गतको लिपमोटर सी–१० को १७६ युनिट र सिट्रोनको ४५ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। जी मोटर्स प्रालिले प्रदर्शनीमा राखेको स्काइवेल १२६ युनिट बुकिङ भएको छ ।

एलआरआरले भित्र्याएको बीएडब्लूको बु्रमी १२७ बुकिड भएको कम्पनीले जनाएको छ। सिजी ग्रुपले प्रदर्शनीमा राखेका नेटा ४०, रिडारा २०, एक्पेङ ९, आयोन १६, किङलङ १५, र केवाइसी २५ युनिट बुकिङ भएको छ । शशिला मोटर्सले प्रदर्शनीमा राखेको हाइगर ६ युनिट बुकिङ हुँदा दुई पांग्रे सवारीतर्फ वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथरको १८७ युनिट बुकिङ भएको छ। त्यस्तै  ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, हिरो ६०, बजाज ५०, सिएफमोटो ५१, एनआइयू ४०, जिहो ३६ र सुजुकी १० वटा बुकिङ भएका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img