Sunday, January 19, 2025
spot_img

गोल्याण पावर र प्रोजिल ग्रिनबीच संयुक्त उपक्रम सम्झौता

spot_img

Share

spot_img

काठमाडौँ । गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेड संयुक्त उपक्रम सम्झौतामा (जोइन्ट भेन्चर एग्रिमेन्ट ‘जेभीए’)मा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच २०८१ भदौ १८ गते (मंगलबार) हस्ताक्षर भएको हो ।

सम्झौतामा गोल्याण पावरका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरे । दिगो ऊर्जा प्रवर्द्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने उद्देश्यका साथ यो रणनीतिक साझेदारी गरिएको गोल्याण पावरका निर्देशक अक्षय गोल्याणले बताए । उनका अनुसार यो सम्झौताले हरित भविष्यको साझा दृष्टिकोणलाई जोड दिन्छ ।

पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले करिब ७८१ मेगावाटका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । यसैगरी ६० मेगावाटको सौर्य आयोजना विभिन्न चरणमा छन् । कृषि, निर्माण, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा आवद्ध रहेको समूहले ऊर्जा विकासमा पनि व्यापक रूपमा अघि बढेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img