काठमाडाैँ । नेपालको अग्रणी परामर्शदाता कम्पनीले चिलिमे इन्जिनियरीङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले लाइडार जडित ड्रोन सञ्चालनमा ल्याएको छ । पूर्वाधारसँग सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्य गर्दा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस्तो आधुनिक प्रविधि सञ्चालनमा ल्याएको हो ।
चेस्कोले सञ्चालनमा ल्याएको ड्रोनले विस्तृत सर्भे कार्यमा नयाँ आयाम थपेको छ । यसले पूर्वाधार विकास सम्बन्धी अध्ययन तथा कार्यका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसबाट जलविद्युत्, प्रसारण लाइन, बाँध, सडक, सिंचाइ, रेलमार्ग, वातावरणीय अध्ययन तथा शहरी विकास लगायत आयोजनामा काम गर्न सहयोग पुग्ने चेस्कोले जानकारी दिएको छ ।
प्रसारण लाइन जस्ता पूर्वाधारको तथ्याङ्क सङ्कलन गरी कम्पनीको पूँजी व्यवस्थापन गर्न समेत महत्वपूर्ण सहयोग पुग्ने छ । यस उपकरणले जमिनबाट ५०० मिटर माथिसम्म, उडाएको ठाउँबाट १० किलोमिटर दूरीबाट समेत सही तथ्याङ्क सङ्कलन गर्न सक्ने क्षमता रहेको चेस्कोले जानकारी दिएको छ ।
यसअघि कूल स्टेसन (टोटल स्टेसन) तथा डीजीपीएस मार्फत गर्ने गरिएको थियो । ठूलो आयोजनामा लाइडार सर्भे गराउँदा विदेशीको भर पर्नुपर्ने र पूँजी समेत पयालन हुने अवस्थालाई मुलुक भित्रै यस उपकरणले पूँजी पलायनलाई केही हदसम्म रोक्ने आँकलन गरिएको चेस्कोले जानकारी दिएको छ ।
यसैबीच चेस्को द्वारा अध्ययनर नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ३३० किलोमिटर लामो गण्डक नेपालगञ्ज २२० केभी विद्युत् प्रसारण आयोजनाको सर्भे कार्य सुरु गरेको छ ।