Thursday, October 10, 2024
spot_img

८६ मेगावाटको लान्द्रुक मोदीमा ६ वित्तीय संस्थाले लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । कास्की जिल्लामा निर्माण अघि बढेको ८६.५० मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । सिंगटी हाइड्राे इनर्जी लिमिटेडकाे स्वपूँजी लगानी रहने र अन्नपूर्ण विद्युत् विकास कम्पनी लिमिटेडले निर्माण गर्ने आयोजनामा बैंक तथा वित्तीय संस्थाले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।

१६ अर्ब ४० कराेड रुपैयाँ कूल लगानी अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैंकको लगानी र २५ प्रतिशत स्वपूँजी रहनेछ । आयोजनामा माछापुच्छ्रे सहित नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले लगानी गर्ने प्रतिबद्धता सहित आइतबार अर्थात भदाै ३० गते सम्झौता भएको छ ।

माछापुच्छ्रेले ४ अर्ब, नेपाल एसबीआईले ३ अर्ब, ग्लोबल आईएमईले २ अर्ब, एभरेष्टले १ अर्व ५० कराेड, कृषि विकासले १ अर्ब ५० कराेड र लुम्बिनी विकासले ७५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । नेपाल एसबीआईले लगानी गर्ने ३ अर्ब रुपैयाँमध्ये १ अर्ब ५० कराेडका लागि सम्झौता भएको जनाइएकाे छ । बाँकी एक साताभित्र हुनेछ ।

आयोजना कास्कीको माछापुच्छ्रेको र अन्नपुर्णको लुम्ले र घान्द्रुक गाउँपालिकामा पर्छ । नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । वर्षातको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायामको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँमा पिपिए भएको हो । विद्युत प्राधिकरणले विद्युत उत्पादन भएको ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले पिपिएको मूल्य वृद्धि गर्दै जाने सम्झौता गरेको छ ।

आयोजनामा आगामी कात्तिकबाट भौतिक निर्माणको काम सुरु गर्ने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत विकास कम्पनीका कार्यकारी अध्यक्ष बटु लामिछानेले बताए । निर्माण सुरु गर्न आयोजनाको ठेक्का प्रकृया अन्तिम चरणमा पुगिसकेको लामिछानेले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img