Thursday, November 14, 2024
spot_img

माथिल्लो तामाकोसी बन्द हुँदा असोजमा मात्रै ८५ करोड घाटा

spot_img

Share

spot_img

काठमाडौँ । दोलखामा सञ्चालनमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादन बन्द हुँदा राज्यले असोजमा मात्रै ८५ करोड रुपैयाँ घाटा बेहोरेको छ । असोज ११ र १२ गते आएको वर्षासँगैको बाढीले आयोजनामा क्षति पुग्दा उत्पादन पूर्ण रूपमा बन्द छ ।

जलविद्युत् आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब ८५ करोड ६ लाख ४७ हजार ९ सय ३० रुपैयाँ घाटा बेहोर्नुपरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए । मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोले आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । ‘आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,’– मन्त्री खड्काले भने ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भएपनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरहेको बताए । उनले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताए । यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img