Thursday, December 5, 2024
spot_img

बंगलादेशी बजारमा भाेलीदेखि नेपालकाे विद्युत्

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालले शुक्रबार अर्थात कात्तिक ३० गतेदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । लामो समयदेखिको निरन्तर छलफल र वार्तापछि गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालको ४० मेगावाट बिजुली भोलीदेखि बंगलादेश निर्यात हुने भएको हो ।

भारतबाट स्वीकृति आएसँगै शुक्रबारदेखि बंगलादेशलाई बिजुली बिक्री गर्न लागिएकाे नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रति महिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहीअनुसार नेपालले यस वर्ष शुक्रबार अर्थात भाेली मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ ।

प्राधिकरणले २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

याे पनि पढ्नुहाेसः बंगलादेशमा विद्युत् व्यापारको बाटो खुल्यो, ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img