Friday, March 28, 2025
spot_img

फिन इलेक्ट्रो टेक २०२४ सम्पन्न, ४० हजार बढीले गरे अवलोकन

spot_img

Share

spot_img

काठमाडाैँ । काठमाडाैँकाे भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालन भइरहेकाे ‘फिन इलेक्ट्रो टेक –२०२४’ एक्स्पाे सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” नारा सहित आयोजना गरेको फीन इलेक्ट्रो टेक आज अर्थात् मंसिर २ गते समापन भएको हो ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा ४० हजार बढीले अवलाेकन गरेका छन् । एक्स्पाेकाे पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले अवलोकन गरेकाे जनाइएकाे छ ।

मेलामा इलेक्ट्रिक मोटर, जेनरेटर, विद्युत ट्रान्समिसन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षण थिए । यस पटकको फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका थिए । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री थिए ।

यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेका थिए । प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img