Sunday, December 15, 2024
spot_img

नवनियुक्ति सिइओ रेग्मी भन्छन्, ‘पर्यटन र जलविद्युत विकास एक–अर्कासँग जोडिनुपर्छ’

spot_img

Share

spot_img

सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विज्ञ धनञ्जय रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा सरकारले सम्भवतः पहिलो पटक राजनीतिक आस्थाभन्दा बाहिरका व्यक्तिलाई सार्वजनिक पदमा यसरी नियुक्ति दिएको हो । नयाँ सिइओ छनोट गर्न गठित उपसमितिले रेग्मी सहित दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको थियो ।

बास्ताकोटी र ऐर नेकपा निकट मान्छिन् । यद्यपि, तीन जनामध्ये रेग्मीले नै बढी अंक प्राप्त गरेका थिए । सिफारिस समितिको मूल्यांकन अनुसार रेग्मी, बास्ताकोटी र ऐरले क्रमशः ३४, २६÷२६ अंक प्राप्त गरेका थिए । बढी अंक प्राप्त रेग्मीलाई सिइओ नियुक्ति प्रक्रियामा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बढी अंक प्राप्तवाला र पर्यटन क्षेत्रको विज्ञ पनि भएकाले रेग्मीलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएका थिए । तर, सत्तारुढ दलका नेताले रेग्मी नेपाली काँग्रेस निकट रहेको र हिजो गोविन्द केसीको आन्दोलनलाई सघाएको भन्दै उनलाई नियुक्त नगर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

केही नेताले त रेग्मी विरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएर निर्णय उल्ट्याउन दबाब पनि दिएका थिए । अघिल्लो आइतबार नै नियुक्ति टुंगिनुपर्नेमा विरोध भएका कारण निर्णय प्रक्रिया लम्बिएको थियो ।

प्रधानमन्त्रीले आपत्ति जनाए पनि ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन योग्य तथा राजनीतिक आस्था बाहिरको व्यक्ति चाहिने भन्दै मन्त्री भट्टराईले रेग्मीको पक्ष लिएका थिए । पर्यटन क्षेत्रमा बढिरहेको आर्थिक अनियमितता कम गर्दै यस क्षेत्रको विकासलाई अगाडि बढाउन भट्टराईमाथि चुनौती पनि थपिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img