काठमाडौँ । नेपालमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तार गर्न दुवै पक्षले डीसी फास्ट चार्जिङ स्टेसन विकास गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा विद्युतीय सवारीकाे क्रेज बढीरहेकाे बेला यी दुवै कम्पनीले फास्ट चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएका हुन् । सम्झाैताअनुसार एकवर्षभित्र देशभरका १०० स्थानमा चार्जर स्थापना गर्ने लक्ष्य छ ।
ईभी प्रयोगकर्तालाई सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउन र राष्ट्रव्यापी रूपमा वातानुकूलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।