Sunday, January 19, 2025
spot_img

सातदोबाटोमा खुल्याे मल्टी ब्राण्ड स्कुटर शोरुम

spot_img

Share

spot_img

काठमाडाैँ । ललितपुरको सातदोबाटोमा एकै ठाउँमा अधिकांश कम्पनीका विद्युतीय स्कुटर पाइने भएको छ । एउटै छानामुनी सबै ब्राण्डका विद्युतीय स्कुटर र साइकल पाइने स्कुटर शोरुम सञ्चालनमा ल्याइएको हाे ।

सञ्चालनमा आएको शोरुममा याडिया, ग्यारोउ, एसवे लगायत विभिन्न ब्राण्डका स्कुटरहरू पाइने इभी मार्ट मल्टी ब्राण्ड स्कुटर शाेरुमका महाप्रबन्धक दीपक लम्सालले बताए । उनले ग्राहकहरूलाई मध्यनजर गर्दै यो शोरुम सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘एउटै छानामुनी सबै ब्राण्डको स्कुटर बिक्री वितरण भयो भने ग्राहकहरू खाली हात फर्केर जानु पर्दैन,’ उनले भने, ‘मूल्य, रेञ्ज लगायत सबै पाटोबाट एकै ठाउँमा आफ्नो रोजाईको ब्राण्डको स्कुटर खरिद गर्ने सक्नेछन् । हामीले धेरै कम्पनीहरूसँग सहकार्य गरेर अघि बढेका छौं ।’

वातावरणीय प्रदुषण, वायु प्रदुषण न्यूनिकरण तथा नेपालको ऊर्जाको खपत नेपालमै बढाउनका लागि विद्युतीय सवारीको प्रवर्द्धन गर्न जरुरी छ । यसैका लागि पनि अब सबै विद्युतीय सवारीमा जानुपर्ने उनको जोड छ । सरकारले पनि नेपालकाे विद्युत् खपत बढाउन विभिन्न याेजना अघि बढाएकाे छ ।

लामो समयदेखि विद्युतीय स्कुटर सम्बन्धी काममा संलग्न लम्सालले पेट्रोलियम स्कुटरको तुलनामा इभी प्राथमिकतामा राख्नु पर्ने बताए ।

अहिले शाोरुममा मोपेट (इलेक्ट्रिक साइकल) काे बिक्रीमा अफर पनि राखिएको छ । एक साताका लागि ९५ हजार भन्दा माथि पर्ने मोपेटकाे अहिले अफरिङ प्राइज ८५ हजार रुपैयाँ रहेको छ । यसको रेञ्च ५५ किलोमिटर रहेको छ । साथै, ब्याट्री लगायतको वारेन्टी एक वर्षको रहेको छ । लाइन्सेस पनि नचाहिने भएकोले पछिल्लो समय मोपेटप्रति सर्वसाधारणको प्राथमिकतामा बढ्दै गएको पनि उनले जानकारी दिए ।

यसैगरी, रेञ्चअनुसार १ लाख ५० हजार रुपैयाँदेखिको विद्युतीय स्कुटर बिक्री भइरहको छ । १०० किलोमिटरसम्म रेञ्च दिने स्कुटरको मूल्य १ लाख ९० हजार रुपैयाँसम्म पर्छ । स्कुटरमा विशेषगरी ४ प्रकारको ब्याट्री प्रयोग हुन्छ । पहिलो भनेको लिडियस ब्याट्री । यसको प्रयोग विस्तारै घट्दै गएको छ । अर्को ग्राफियन, लिथियम र अन्तिम भनेको लिथियम फोस्फेट ब्याट्री ।

अहिले शोरुममा किस्तामा पनि स्कुटर बिक्री गर्ने सुविधा ल्याएको छ । यसका लागि ६० प्रतिशत डाउन पेमेन्ट गनुपर्ने हुन्छ र २० हजार रुपैयाँ भन्दा बढी मासिक तलव भएमा आवश्यक कागजात मिलाएर किस्तामा पनि स्कुटर दिने व्यवस्था रहेको लम्सालले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img