Sunday, January 19, 2025
spot_img

५ महिनामा ४ हजार ६९७ युनिट विद्युतीय सवारी आयात

spot_img

Share

spot_img

काठमाडाैँ । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा साढे ४ हजार बढी विद्युतीय सवारी नेपाल आयात भएका छन् । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिरसम्ममा ४ हजार ६९७ युनिट ४ पाङ्ग्रे सवारीसाधन भित्रिएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांकअनुसार यस अवधिमा कार जिप र भ्यान गरी ११ अर्ब २७ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

गत आर्थिक २०८०/०८१ को यस अवधिमा ९ अर्ब १० करोड रुपैयाँ बराबरका ३ हजार ६८६ युनिट ईभी नेपाल भित्रिएका थिए । गत वर्षको साेही समयावधिको तुलनामा यस वर्षको आयात संख्या १ हजार ११ युनिटले बढी हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img