Sunday, January 19, 2025
spot_img

ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको बताएका छन् । पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्वघाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइसकेको छ,’ उनले भने, ‘अझै ठूलो लगानी गर्ने तयारी भइरहेको छ । निजी क्षेत्र पनि सक्रिय रूपमा अघि बढेका छन् । यस्तो खर्च भइरहेको क्षेत्रमा प्राविधिक जनशक्ति कमजोर दखिएको छ ।’

‘अस्तिमात्र म केही प्रोजेक्टहरू निरीक्षणमा जाँदै गर्दा टर्बाइनहरू मर्मत संभार गर्ने बेलामा जनशक्तिको असाध्यै ठूलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन्’ उनले भने ।

मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरू आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए ।

उनले भने, ‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरैभन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img