माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले १५ प्रतिशत बोनस र ५० प्रतिशतहकप्रद शेयर दिने प्रस्ताब पारित गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा पुस २८ गते भएकाे साधारणसभाले यो प्रस्ताब पारित गरेको हो
जसमा कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्नेछ ।
बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउने चुक्तापुँजीको १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ताहकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
साधारणसभाले संचालक समितिको तर्फवाट प्रस्तुतआ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात, २०८०/८१ को नाफानोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ ।
साधारणसभाले महिला संचालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ।