काठमाडौँ । टुर्स रिर्सच सेन्टरले अन्तराष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा भक्तपुरस्थित हनुमन्ते खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । माघ १२ गते (शनिबार) जगातीस्थित हनुमन्ते पुलदेखि थिमीस्थित हनुमन्ते पुलसम्म पदयात्रा गरी विद्युत् त्पादनबारे छलफल गर्ने भएको हो ।
स्वच्छ उर्जा क्षेत्रमा कार्य गरिरहेका संघ सस्थाका प्रतिनिधिहरूसँग पदयात्रा लघुजलविद्युत् आयोजनाको सम्भावनाको छलफल गरिने जनाइएको छ ।
करीब ४ किलोमिटरको नदी क्षेत्रमा कहाँ र कसरी टर्वान राख्ने लगायतका विविध विषयमा छलफल गर्ने टुर्स रिर्सच सेन्टर योजना छ । यसको लागि नवीकरणीय उर्जा क्षेत्रमा क्रियाशिल व्यक्ति र संघसंसथाहरूको सहभागिताको लागि समेत टुर्स रिर्सच सेन्टरले अनुरोध गरेको छ ।
यसैबीच, नेपाल सकारका निकायहरूले भने नवीकरणीय ऊर्जा सम्बन्धित तीन दिने गोष्ठि गर्न १ करोड रुपैयाको बजेट बिनियोजन गरेको छ । यस किसिमको बजेट लघुविद्युत् योजनामा लगानी गर्न भक्तपुर टुर्सले सरकारी अधिकारीहरूलाई अनुरोध गरेको छ ।
हनुमन्ते खोलाबाट उत्पादित विद्युत् खोला वरपरका खेतहरूमा पानी तान्न प्रयोग गर्न सकिने छ । रिर्सच सेन्टरले गरेको अध्ययनअनुसार उक्त क्षेत्रमा बार्षिक १२ लाख बराबरको डिजेल खर्च गरेर किसानहरूले खोलाबाट पानी तानेर खेतीको सिँचाइ गरिरहेका छन् । केही किसानले भने केन्द्रिय प्रसारणको बिजुली प्रयोग गर्ने गरेका छन् ।