Saturday, May 2, 2026
spot_img

जेडब्लूजीको बैठकः ४०० केभीका दुई लाइनको मोडालिटी टुंग्याउने

spot_img

Share

spot_img

काठमाडौँ । भारतको नयाँ दिल्लीमा भोलीदेखि ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैंठक हुने भएको छ । आजदेखि नेपाल भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को बैठक सुरु भएको छ ।

यो बैठकले प्राविधिक छलफल गरी निर्णय कार्यन्वयन गर्न जेडब्लूजीलाई सिफारिस गर्नेछ । जेडब्लूजीले निर्णय गरेर ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) बाट अनुमोदन हुने चलन छ ।

जेटीटीको मुख्य एजेण्ड २२० केभीको चमेलिया–जलजिवी प्रसारण लाइन निर्माण नभएसम्म पश्चिम नेपालको विद्युत् प्रसारण कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने रहेको छ ।

यसैगरी, भोलीदेखि हुने जेडब्लूजीको बैंठकको मुख्य एजेण्डो इनरुवा–पूर्णिया र दोदोधारा–बरेली अन्तर्देशिय विद्युत् प्रसारण लाइन निर्माणको मोडालिटी तय गर्ने रहेको छ । इनरुवा–पुर्णिया सन् २०२७/०२८ भित्र र दोदोधारा–बरेली २०२८/०२९ मा सम्पन्न गर्ने लक्ष्य तय भएको छ ।

भारतले यी दुई प्रसारण लाइन बनाउने लगानी प्रारुप विगतमा बुटबल–गोरखपुर र ढल्केबर–मुजफ्फपुरको भन्दा फरक प्रस्ताव राखेको छ । भारतीय प्रस्तावमा नेपाल खण्डको प्रसारण लाइन नेपालले बनाउने र भारतीय खण्डको लाइन भारतले बनाउने, तर दुईवटा लाइन गरी ४ हजार (२ हजार/२ हजार) मेगावाट को क्यापासिटी बुकिङ भने नेपालले गर्नुपर्ने रहेको छ । नेपालले भने बुटबल–गोरखपुर जस्तै संयुक्त कम्पनी स्थापना गर्ने, त्यसको नाफा घाटा पनि आधाआधा गर्ने गरी प्रस्ताव गरेको छ ।

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दिर्घकालीन विद्युत व्यापार सम्झौता भएको छ । बंगलादेशलगायतमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ । ४० मेगावाटबाट बंगलादेशसँग विद्युत व्यापार सुरु भएको छ । तर अहिले करिब १२०० मेगावाट भारत निर्यात गर्न सक्ने पूर्वाधार छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img