Sunday, March 23, 2025
spot_img

२८.३०४ मेगावाटको मध्य चमेलियाको निर्माण सुरु

spot_img

Share

spot_img

काठमाडौँ । दार्चुला पावर लिमिटेडले सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ल्लामा २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । अपि पावर कम्पनीको सहायक कम्पनीले निर्माण गर्न लागेको आयोजनाको शिलान्यास गरिएको छ ।

पूर्वमन्त्री एव नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यतामा प्रतिनिधिसभाअन्गर्तत पूर्वाधार विकास समितिका सभापती दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदुरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र बिक्रमसिंह धामीसहितको उपस्थितीमा आयोजनाको शिलान्यास गरिएको हो ।

मार्मा गाउँपालिकामा अवस्थिल चमेलिया नदीको पानीलाई उपयोग गरी नदी प्रवाहमा आधारित आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको डिजाईन डिस्चार्ज २५.१७ घनमिटर प्रतिसेकेण्डको रहेको छ । ९.६६ मिटर अग्लो बाँध चमेलिया नदी र घट्नेखोलाको दोभानबाट करिब ५०० मिटर तल मार्मा गाउँपालिका वडा नम्बर २ नजिकै अवस्थित रहनेछ ।

आयोजनामा ७०८० मिटर लामो हेडरेस पाइप, ५८० मिटर लामो सुरुङ र १४५ मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाइ अर्धसतही विद्युतगृमा पुर्याइनेछ ।

आयोजनाबाट उत्पादीत विद्युत् ८.५ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट २०२९ जुन १० भित्र उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img