Sunday, March 23, 2025
spot_img

आइतरबादेखि दिउँसोमात्र बिजुली आयात, उद्योगमा १२ घण्टासम्म लोडसेडिङकाे संभावना

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् पाधिकरणले चैत ३ गते अर्थात आइतबार (शनिबार राति १२ बजे) देखि दिउँसो मात्र विद्युत् आयात गर्ने भएको छ । प्राधिकरणले बिहान ६ बजेदेखि साँझ ६ बजे अर्थात १२ घण्टा मात्रै विद्युत् आयात गर्नेछ ।

पूर्वनिर्धारित तालिका अर्थात नोभेम्बर १९ मा पाएको स्वीकृति अनुसार भारतले सोलार आवरमा मात्रै बिजुली दिन लागेको हो । भारतले मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने शर्त राखेको छ । साेहीआधारमा विद्युत् दिन लागेकाे हाे ।

सन आवर मात्रै भारतबाट विद्युत् आयात हुँदा यसले उद्योगहरूमा भइरहेको लोडसेडिङ बढेर कम्तीमा पनि १२ घण्टा पुग्ने करिब निश्चित छ । अहिले पनि उद्योगहरुमा पीक आवरमा लोड सेडिङको अवस्था छ ।

नेपाल र भारतबीच फेब्रुअरीमा प्रोजेक्ट स्टेयअरिङ कमिटी (पीईसी) को बैठकमा भारतले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने प्रस्ताव गरेको हो । साथै उक्त बैठक २०२५/२६ का लागि विद्युत महशुल दर र नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने दर तोकेको हो ।

नयाँ दर अनुसार सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आदान/प्रदान गरिने विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको थियो ।

आवश्यक परेमा मात्र यस सम्झौता बमोजिम सुक्खायामका महिनाहरुमा मुख्य रुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म, र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img