Wednesday, April 30, 2025
spot_img

साढे २० अर्ब लागतमा ९० मेगावाटको मर्स्याङ्दी बन्दै

spot_img

Share

spot_img

काठमाडाैँ । तनहुँ, लमजुङ र गाेरखामा रहेको मर्स्याङ्दी नदीमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एमए पावर प्रालिले यो आयोजना अघि बढाएको हो ।

तनहुँको भानु नगरपालिका र बन्दिपुर गाउँपालिका, लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा रहेको नदीमा निर्माण हुने यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको छ । कम्पनीले आयोजनाको इआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । मन्त्रालयले स्वीकृति दिने अन्तिम तयारी गरिरहेको छ ।

इआईए प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसअनुसार प्रतिमेगावाट लागत २२ करोड ५० लाख रुपैयाँ हुनेछ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ ।

यो आयोजना पूरा भएपछि वार्षिक ५४८.९५ गिगावाट घण्टा अर्थात वर्षायाममा ३७५.४८ गिगावाट घण्टा र सुख्खायाममा १७३.८४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिनेछ ।

हेडवर्क्स , हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस, स्वीचयार्ड तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य अवयवहरु हुन । हेडरेस टनेलको लम्बाई ११.९ किलोमिटर तथा पेनस्टक पाइपको लम्बाई ९७० मिटर रहनेगरी डिजाइन तयार पारिएको छ ।

आयोजना निर्माणका लागि ६७.१२ हेक्टरजनिम आवश्यक पर्नेछ । जसमा २२.२४ हेक्टर जमिन निजी र ४४.८८ हेक्टर जमिन राष्ट्रिय वनमा पर्नेछ । आयोजना निर्माण गर्दा राष्ट्रिय वनबाट करिब ४४५ वटा रुख काटिनेछ ।

आंशिक जलाशययुक्त यो आयोजनाको निर्माण सुरु भएको ५ वर्षभित्र सम्पनन गर्ने कम्पनीको योजना रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img