Wednesday, April 30, 2025
spot_img

किया एक्सचेन्ज कार्निभलः एक्स्चेन्ज बोनसबापत ६ लाख र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाखसम्म छुट

spot_img

Share

spot_img

काठमाडाैँ । पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले एसयूभी एक्स्चेन्ज गर्न सकिने किया एक्सचेन्ज कानिर्भल आज सम्पन्न हुँदै छ । शुक्रबारदेखी काठमाडौँको गैरिधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा एक्सचेन्ज कार्निभल सञ्चालन हुँदै आएको छ ।

कार्निभलले सवारी साधनका पारखीलाई कियाका नयाँ विद्युतीय तथा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अवसर प्रदान गरेको कम्पनीको भनाई छ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्निभलको अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ । कार्निभलमा कियाका गाडीहरूको टेस्ट ड्राइभमा सहभागी हुनेहरूलाई कम्पनीले विशेष उपहारको व्यवस्था पनि गरेको छ । कार्निभलमा एक्स्चेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैँक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको उल्लेख छ । गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा कम्पनी आफैँले बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्स्चेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्याङ्कन पाउने र एक्स्चेन्ज बोनसको समेत लाभ उठाउन सकिनेछ ।

कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा ईभी६ र ईभी९ शोकेस गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img