काठमाडाैँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आईएसओ ९००१–२०१५ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेसँगै कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको हो ।
बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको बोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियोजनाको विकास तथा डिजाईन, निर्माणलगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको हाे ।
स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था नेपाल(इप्पान) का अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यता, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको लगायतको बिशेष आतिथ्यतामा सर्टिफिकेट हस्तान्तरण कार्यक्रम आयाेजना गरीएकाे थियाे । कार्यक्रममा कम्पनी सञ्चालनमा विश्वस्तरको मूल्यमान्यता र मापदण्डहरू पालना गर्न भिजन लुम्विनी प्रतिवद्ध रहेको कम्पनीले जानकारी दिएकाे छ ।
अध्यक्ष कार्कीले भिजन लुम्बिनीले झैं सबै ऊर्जा कम्पनीहरूले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए । ऊर्जा कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने ऊर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरुलाई न्यूनीकरण गर्न सहयोग गर्ने उनको भनाइ छ ।