Wednesday, April 30, 2025
spot_img

नेपाली अटो बजार ईभीमैत्री बन्दै, दक्ष जनशक्ती उत्पादन गर्नुपर्नेमा जोड

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युतीय सवारी प्रवर्द्धनमा आवद्ध सराेकारवाला तथा विज्ञहरूले इभी बजारका लागि दक्ष जनशक्ती उत्पादन गर्नुपर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज आयोजना गरेको अटो डायलग २०८१ को पहिलो सेसन ‘अटोमोबाइल क्षेत्रका लागि दिर्घकालिन नीति’ विषयक शिर्षकमा भएकाे प्यानल डिस्कसनमा विज्ञहरूले यस्ताे बताएका हुन् ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख प्रा.डा. विमप्रसाद श्रेष्ठले नेपाली अटो बजार ईभीमा सिफ्ट भइसकेकाले सोही अनुरुप दक्ष जनशक्ती उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले आईसिई गाडी मर्मतसम्भार गर्दै आएका टेक्निसियनको क्षमता अभिबृद्धि गर्न र उनीहरूलाई ईभी गाडीको समेत मर्मतसम्भार गर्न सक्ने बनाउन नाडा लगायत संस्थाले तालिम दिनुपर्ने बताए । ‘ईभी नयाँ प्रबिधी भएकाले यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव कायमै छ । यस्तो अवस्थामा नाडाले काठमाडौं विश्वविद्यालयजस्ता संस्थाहरूसँग सहकार्य गरी हाल आईसिई गाडीको मर्मतसम्भार गर्दै आएका टेक्निसियनलाई तालिम दिएर दक्ष बनाउन सकिन्छ’ उनले भने ।

 नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय बैंकहरूले ईभीमा ठूलो लगानी गर्दै आएको बताए । उनका अनुसार गएको ६/७ महिनामा बाणिज्य बैंकहरुले मात्र १ खर्व २९ करोड रुपैयाँ अटोमोबाइल क्षेत्रमा लगानी गरेको छ । यसमा ठूलो हिस्सा ईभीले लिएको छ । बैंकहरूकाे सहयाेग कै कारण नेपालमा ईभीले छिट्टै बजार विस्तार गर्न सकेको उनकाे भनाइ रहेकाे थियाे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले कुनैपनि देशको सडकमा गुड्ने सावरीसाधनको अवस्थाले त्यस देशको आर्थिक अवस्थालाई प्रतिविम्वत गर्ने बताए । उनले सरकारले नीति बनाउँदा साेचविचार गरेर इभी मैत्री नीति निर्माणमा जाेड दिनुपर्ने बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img