काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निराशाको खेती गर्नेहरुलाई जवाफ दिने बेला आएको बताए । नाडा अटो मोवाईल्स डीलर एशोसिएसन नाडाले मंगलबार ललितपुरमा गरेको नाडा अटो डाइलगको समापन समारोहमा उनले पूर्वाधार विकास, रोजगारी अभिवृद्धी, स्वरोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेख्य प्रगती भए पनि केहि भएन र हुँदैन भनेर निराशा छर्ने प्रयास हुने गरेको पनि बताएका हुन् ।
पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युतीकरण लगायतका क्षेत्रमा नेपालमा फड्को मारि रहेको पनि उनको भनाई छ । अटोमोवाईल्स समेत नेपालको आर्थिक विकासको सहयोगी रहेको भन्दै मन्त्री दाहालले अटोमोवाईल्सको उपयोगबाट कृषि उपजको बजारीकरण, स्वरोजगारी अभिवृद्धी तथा गाउँ र सहर जोडिने कार्य प्रभावकारी हुँदै गएको बताए ।
वातावरणमैत्री सवारीसाधन र जनमूखी सडक सञ्जाललाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै उनले सरकारले समेत यि विषयलाई प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदेश सरकारको समेत समन्वयमा यातायात क्षेत्र व्यवस्थित पार्ने काम भई रहेको बताए । संविधानले दिएको यातायात व्यवस्थापन सम्वन्धि अधिकारको उपयोग प्रदेश तहबाट हुन थाले पछि नीतिगत र समन्वयात्मक कार्य संघीय सरकार मार्फत हुने बताए । कार्यक्रममा विभिन्न चरणमा विभिन्न विषयमा अन्तरक्रिया समेत भएको कार्यक्रम संयोजक यमुना श्रेष्ठले बताइन ।