Friday, March 28, 2025
spot_img

सिंगटी हाइड्रोको लिलामी सेयर भर्नेको भिड, आवेदन अवधि २ दिन मात्रै बाँकी

spot_img

Share

spot_img

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिनेको भिड लागेको छ । आवेदन दिने अन्तिम मिति नजिएसँगै बोलपत्र आवेदन फारम पाइने र बुझाउँने स्थानमा भिड लागेको हो ।

कम्पनीको सर्वसाधारण तर्फको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात मंगलबार रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरू ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img