Thursday, December 5, 2024
spot_img

सिंगटी हाइड्रोको ५१ प्रतिशत लगानी रहेकाे हेवा खोला ‘ए’ले माघभित्रै उत्पादन थाल्ने

spot_img

Share

spot_img

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको ९.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । ह्याविटाट पावर कम्पनी लिमिटेडलृ गत असारमा निर्माण सुरु गरेको आयोजनाको आधा काम सकिएको हो ।

निर्माण सुरु भएको ९ महिनामै आधा काम सकिएको आयोजनाको सम्पूर्ण काम आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना निर्देशक मधुसुधन पौड्याले बताए । यो आयोजना पाँचथर जिल्लाको होवा खोलामा निर्माणाधीन छ ।
आयोजनाका अधिकारीहरुका अनुसार लक्ष्य भन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सिर्जना नभए २०८१ माघ भित्र निर्माणकार्य सम्पन्न हुनेछ ।

आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध, विद्युत् गृह लगायतका मुख्य मुख्य संरचनाहरुको निर्माणकार्य प्रगति निर्धारित लक्ष्यभन्दा बढी भइको छ । आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आईसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भइरहेको छ । विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाई छ ।
प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ ।

आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको थापाटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ७.५ किलोमिटर लामो लाइन कम्पनी आफैले निर्माण गर्नेछ । लाइन निर्माणको काम अघि बढेको पनि कम्पनीले जानकारी दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img