काठमाडाैँ । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् ।
यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ ।








