Thursday, April 30, 2026
spot_img

सिमरामा १३२ केभी क्षमताकाे सबस्टेशन निर्माण हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार सम्झौता भएको जानकारी दिए।

सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए ।

प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने याोजना रहेको छ ।

उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार कति पावर सप्लाइ गर्ने भन्ने कुरा निर्क्याैल हुने बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img