लगानी बोर्ड नेपालले विभिन्न ५ वटा परियोजनाका लागि १०५ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज (चैत २२ गते) प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ५७औं बोर्ड बैठकले यो लगानी स्वीकृत गरेको हो ।
बैठकले ४ वटा विद्युत् (सोलार र जलविद्युत्) कम्पनीका लागि ९९ अर्ब २० करोड र हुवासिन सिमेन्टको लागि ६ अर्ब ६० करोड गरि कुल १ खर्ब ५ अर्ब ६० करोड लगानी स्वीकृत गरेको हो ।
बोर्डका अनुसार जलविद्युततर्फ १६६ मेगावाटको सुपर तमोर, ४२ मेगावाटको अपर मोदी ‘ए’, र १३९.२ मेगावाटको लोअर मनाङको लागि लगानी स्वीकृत भएको हो । त्यस्तै २५० मेगावाटको राइजन इनर्जी सोलारको लागि पनि लगानी स्वीकृत भएको छ ।
बैठकले लगानी सम्मेलनको प्रभावकारी तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।