Tuesday, November 17, 2026
spot_img

साहस ऊर्जाले कमायो ५९.९१ करोड, ब्याज खर्च घट्दा कमाइ बढ्यो

spot_img

Share

spot_img

काठमाडाैँ । साहस ऊर्जाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि र वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि कम्पनीको नाफामा सुधार देखिएको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३.१६ प्रतिशतले बढेर ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ४६ लाख ३६ हजार रुपैयाँ थियो । यस्तै, वित्तीय खर्च ३०.५८ प्रतिशतले घटेर ११ करोड ६५ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीको वित्तीय खर्च १६ करोड ७९ लाख ६४ हजार रुपैयाँ थियो ।

आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आएपछि कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ । गत वर्ष ६७ करोड ७४ लाख ७८ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवको पहिलो त्रैमासमा बढेर ७३ करोड ३६ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ३ अर्ब ६५ करोड ६९ लाख ५३ हजार रुपैयाँ रहेको जगेडा तथा सञ्चित मुनाफा बढेर ४ अर्ब २८ करोड ५ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले दीर्घकालीन कर्जाको भार पनि घटाउँदै लगेको छ । गत वर्ष ८ अर्ब ९३ करोड २२ लाख रुपैयाँ रहेको दीर्घकालीन कर्जा चालु आवको पहिलो त्रैमाससम्म ८ अर्ब ५९ करोड २२ लाख रुपैयाँमा झरेको छ ।

यसैबीच, कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराइसकेको छ । उक्त प्रस्ताव हाल नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, सहायक कम्पनी टाइम्स इनर्जी लिमिटेडमार्फत प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको डिजाइन कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलमा कामदार तथा कर्मचारी परिचालन भइसकेको कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img