Monday, July 14, 2025
spot_img

२४८ मेगावाटका ५ आयोजना बुट मोडलमा निर्माण गरिने

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् विकास विभागले २४८ मेगावाटका ५ जलविद्युत् आयोजना बुट माेडलमा निर्माण गर्न आशयपत्र आह्वान गरेको छ । विभागले बुट मोडलमा आयोजना निर्माण गर्न इच्छुक कम्पनी तथा संयुक्त लगानी समूहहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी समूहहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

सूचनाअनुसार आशय पत्र माग गरिएका आयोजनाहरूमा म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लाको ६१.०२ मेगावाट क्षमताको हुम्ला कर्णाली जलविद्युत् आयोजना, सोलुखुम्बु जिल्लामा पर्ने २१.४ मेगावाट क्षमताको इन्खु खोला जलविद्युत् आयोजना, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविद्युत् आयोजना र हुम्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजना छन् ।

विभागका अनुसार प्रस्ताव पेश गर्न चाहने कम्पनीहरूले प्राविधिक दक्षता, वित्तीय अवस्था, पूर्व अनुभव लगायतका आधारहरूमा तोकिएको ढाँचामा प्रस्ताव बुझाउनु पर्नेछ । उपयुक्त देखिएको प्रस्तावकर्तालाई विस्तृत प्रस्ताव माग गर्ने कार्य अगाडि बढाइनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img