Monday, July 14, 2025
spot_img

माबिलुङ्ग इनर्जीको पहिलो चरणको सेयर बिक्री खुला

spot_img

Share

spot_img

काठमाडाैँ । माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री खुला गरेको छ । कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरेको हो ।

कम्पनीले संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७,८,९ र चैनपुर नगरपालिकाको वडा नम्बर २,३,७,८,९ का स्थानीयलाई ३ लाख ८५ हजार ८ सय २४  कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५० हजार ४ सय ७१ कित्ता शेयर निष्काशन गरेको छ । यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई  शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img