Tuesday, May 26, 2026
spot_img

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गर्नुपर्छ: घिसिङ, उज्यालो नेपाल अभियानमा जोडिन आह्वान

spot_img

Share

spot_img

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् ।

मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा करिब साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात कुल ग्राहस्थ उत्पादनको एक चौथाइ योगदान) खाडी मुलुकमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण बनाइनु पर्ने निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।

ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे ।

उनले भने,‘ वैदेशिक रोजगारीमा आउने नेपालीलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक समस्या सिर्जना गरी दुःख दिन सुरु गरिन्छ, देशको अर्थतन्त्र धान्न योगदान पुर्याएका नागरिकलाई दुःख दिने हैन, समस्या समाधान गरी सम्मान गरिनुपर्छ, विदेशी भूमिका हैन स्वदेशमा श्रमको अवसर सिर्जना गरिनु पर्दछ ।’

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे । उनले ‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गरे ।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङ मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा हुनुहुन्छ । उनले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु बस्ने आवास क्षेत्रको पनि भ्रमण गरी अन्तक्रिया गरेका थिए ।

कार्यक्रममा ओमान रहेका नेपाली समुदायकोतर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img