Friday, May 15, 2026
spot_img

कोहलपुर–सुर्खेत प्रसारण लाइनः उच्च अदालत फैसलाले निर्माण बाटाे खुल्याे

spot_img

Share

spot_img

काठमाडाैँ । उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा सहजता आएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण राेखिएकाे तीनवटा विद्युत टावर निर्माणकाे बाटाे खुलेकाे हाे ।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र ४ नम्बर वडाको बानियाँभार क्षेत्रमा लाइन विस्तारका क्रममा उत्पन्न विवाद अब समाप्त भएको छ । अदालतको निर्णयले अवरोध हटेपछि प्रसारण लाइन विस्तार कार्य पुनः तीव्र भएको हो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले काम आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको जानकारी दिए । यसबीचमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना क्षेत्रमा पनि विवाद समाधान भएको छ ।

हालसम्म ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको आयोजनामा ७० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाअन्तर्गत रूख कटान कार्य तीव्रगतिमा भइरहेको छ । हालसम्म ५ हजार रूख काटिएको छ भने अझै ५ हजार ५ सय काट्नुपर्नेछ ।

चौधरीका अनुसार हालसम्म १५६ वटा फाउन्डेसन निर्माण भइसकेको छ भने अब ६ वटा मात्र बाँकी छन्। त्यस्तै, कुल प्रसारण दूरीमध्ये ४० किलोमिटरमा तार तानिएको छ भने १२ किलोमिटरमा अझै तार तान्न बाँकी रहेको बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img