Sunday, January 18, 2026
spot_img

कुलेखानी–सिस्नेरी ‘पम्प स्टोरेज’: सर्वेक्षण अनुमतिको अन्तिम चरणमा

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई प्रयोग गरेर निर्माण अघि बढाएको १०० मेगावाटको ‘पम्प स्टोरेज’ आयोजना अध्ययन अनुमतिको अन्तिम चरणमा पुगेको छ । कुलेखानी जलाशयबाट विद्युत् उत्पादन भई निस्किएको पानी उपयोग गर्ने गरी अघि बढाएको आयोजनाले अध्ययन अनुमतिपत्र पाउन लागेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो क्षमताको ‘पम्प स्टोरेज’ आयोजना सर्वेक्षण अनुमतिको अन्तिम चरणका पुगेको जानकारी दिए । प्राधिकरणले २०८२ बैशाख २६ गते अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएको थियो ।

कुलेखानी–१, २ र ३ बाट विद्युत् उत्पादन भई निकास हुने पानी सिस्नेरीमा जम्मा गर्ने र पम्पबाट तानेर फेरि कुलेखानी जलाशयमै फर्काएर अर्को आयोजनामा उपयोग गरिनेछ । कुलेखानी बाँधभन्दा २ किलोमिटर तल रहेको सिस्नेरीमा उक्त आयोजना निर्माण हुनेछ । साँझको पिक आवर (४ घण्टा) मा उक्त आयोजना सञ्चालन गरिनेछ ।

पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् मागलाई आपूर्ति गर्न सहज हुने गरी आयोजना बनाउन लागिएको शाक्यले बताए । यो आयोजना निर्माण सुरु भएको २ वर्षभित्र नै सम्पन्न हुनेछ ।

प्राधिकरणले देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । आगामी वर्षको बजेटबाट कुलेखानी सिस्नेरी लगायतका ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण अघि बढाउने तयारी भइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img