Thursday, January 23, 2025
spot_img

बाढी प्रभावितले राहत पाउँदै, कर छुट र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिकाे निर्देशन

spot_img

Share

spot_img

संसदको अर्थ समितिले गत वर्ष बर्खामा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई राहत दिन व्यवस्थापिका संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिकाे बिहीबार बसेकाे बैठकले नेपालको पूर्वी भागमा २०८० जेठ ३२ गतेदेखि असार २ गतेसम्म आएको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूका पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक पाटपुर्जा, उपकरण आयात गर्दा लाग्ने मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिन निर्देशन दिएकाे हाे

समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० पुस ३ गते निर्णय गरी सोही अनुसार गरेको सिफारिस कार्यान्वयन गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डसहितका निकायलाई निर्देशन दिएको हो । समितिले पाटपुर्जा तथा उपकरण आयातमा १ प्रतिशत भन्सार छुट, शतप्रतिशत मूल्य अभिवृद्धि कर छुट दिन गरेको सिफारिस तत्काल कार्यान्वयन गरी ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

यस्तै, बाढीले क्षतिग्रस्त आयोजनालाई पुनकर्जाको व्यवस्था गर्न तथा बैंकको ऋणको ब्याज रकम पुँजीकरण गरी पुनरतालिका गर्ने व्यवस्था गरेर त्यसको विवरण ७ दिनभित्र उपलब्ध गराउन पनि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई समितिले निर्देशन दिएको छ ।

प्रभावित आयोजनाहरूकाे हकमा प्रमोटर सेयरकाे ‘लक–इन’ पिरियडको व्यवस्थामा ऊर्जा मन्त्रालयको निर्णय बमोजिम सम्बन्धित नियमावली संशोधन गर्ने व्यवस्था गरी त्यसको विवरण ७ दिनभित्र पेश गर्न समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img