Saturday, May 2, 2026
spot_img

ठूलो खोलाको २१.३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

spot_img

Share

spot_img

काठमाडौँ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माण भएको आयोजनाको काम सम्पन्न गरी ग्रिडमा जोडिएको हो ।

उक्त आयोजनाको भौतिक संरचना र विद्युत्गृहमा जडित मेसिन तथा उपकरणको परीक्षण सम्पन्न गरी उत्पादन सुरु गरेको प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले उत्पादन परीक्षण गरिरहेको छ । प्राधिकरणले दुई साता उत्पादन परीक्षण गरेपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको बाँध कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा छ । बाँधबाट सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानी छरीस्थित रघुगंगा नदी किनारमा निर्मित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिएको हो ।

कम्पनीका अनुसार आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६ सय ३४ मिटर पेनस्टक टनेल निर्माण गरिएको छ । गैरआवासीय नेपाली र स्वदेशी नेपालीहरूको ३० प्रतिशत लगानी रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभी र इलेक्ट्रो मेकानिकलतर्फको काम टोयर हाइड्रोले गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img