Saturday, May 30, 2026
spot_img

विद्युत् प्राधिकरणले भारतमा प्रतियुनिट २४ पैसामा विद्युत् बिक्री गर्दै

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अहिले प्रतियुनिट २४ पैसाँ भारुका दरले भारतमा बिजुली बिक्री गरिरहेको छ । प्राधिकरणले दिउँसोको समय अर्थात सोलार आवरमा प्रतियुनिट २४ पैसा भारु (नेपाली करिब ३८ पैसा) मा बिजुली बिक्री गरिरहेको हो ।

रियल टाइम मार्केट प्रणालीअनुसार ऊर्जा बजारमा हरेक १५ मिनेटमा बिजुलीको मुल्य परिवर्तन हुने भएकाेले कुनै बेला प्रतियुनिट २४ पैसा भारुमा बिजुली बिक्री भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । उनका अनुसार सोलार आवरमा यस्तो भएपनि रातिको समयमा १० रुपैयाँ भारुसम्म हुन्छ ।

‘हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुने हुँदा कुनै विशेष परिस्थिती वा डिमाण्ड कम भएको बेला कम मूल्यमा विद्युत् बिक्री भएको हुन सक्छ,’ उनले भने, ‘तर, औसतमा नेपाली ८ रुपैयाँको हाराहारीमा विद्युत् बिक्री भइरहेको छ ।’ कम मूल्यमा बिजुली बिक्री भएपनि डिमाण्ड भएको बेला मूल्य बढी हुने हुँदा सन्तुलन मिलिरहेको उनले बताए ।

नेपाल र भारतबीच ऊर्जा किनबेच प्रचलित अन्तराष्ट्रिय प्रणालीहरू रियल टाइम मार्केट र डे अहेड मार्केट संयन्त्रमार्फत हुने गरेको छ । प्राधिकरणले समय र ऊर्जाको मागअनुसार दुवै संयन्त्र प्रयोग गरी परिस्कृत व्यवस्थापन रणनीति अपनाउँदै आएको छ ।

अहिले प्राधिकरणले बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको छ । अहिले नेपालको विद्युत् जडित क्षमता करिब ४ हजार मेगावाटको हाराहारीमा पुगेको छ । जसमा ८० प्रतिशत निजी क्षेत्रले उत्पादन गरेको बिजुली हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img