Tuesday, August 11, 2026
spot_img

सौर्य तापिय ऊर्जा विकासको मार्गचित्र सार्वजनिक, ३५ लाख टन कार्बन घट्ने अनुमान

spot_img

Share

spot_img

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले संयुक्त रूपमा तयार गरेको सौर्य तापिय मार्गचित्र तथा कार्यान्वयन योजना २०८२ सार्वजनिक गरिएको छ । एइपिसीको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त मार्गचित्र विमोचन गरिएको हो ।

मार्गचित्र तयारीको क्रममा समग्र सौर्य तापिय ऊर्जा क्षेत्रका सरोकारवाला, विज्ञ, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधिसँग विस्तृत परामर्श गरिएको एइपिसीले जनाएको छ । यसले आगामी दशकमै नेपालमा सौर्य तापिय प्रविधिको उपयोग र लगानीको दिशानिर्देशन गर्ने लक्ष्य राखेको छ ।

अध्ययनअनुसार, सन् २०४५ सम्म नेपालभर करिब ९ लाख वर्गमिटरभन्दा बढी सोलार थर्म कलेक्टर स्थापनाको सम्भावना रहेको छ । यसबाट वार्षिक रूपमा २ हजार मेगावाट बराबरको ऊर्जामिश्रणमा योगदान पुग्ने र ३५ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने अनुमान गरिएको छ ।

सौर्य तापिय प्रविधिको प्रभावकारी कार्यान्वयनबाट १४ हजारभन्दा बढी रोजगारी सिर्जना हुने र उद्योग, होटल, अस्पताल तथा घरयासी उपयोगका लागि तातोपानी आपूर्तिमा सस्तो, दिगो र स्वदेशी ऊर्जा विकल्प विस्तार हुने अपेक्षा गरिएको छ ।

एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार, यो मार्गचित्रले नेपालको ऊर्जा नीतिमा जलविद्युत् केन्द्रित दृष्टिकोणसँगै नवीकरणीय ऊर्जाको विविधीकरण गर्ने मार्ग देखाउनेछ । ‘सौर्य तापिय ऊर्जा तातो पानी, खाना प्रशोधन, दुग्ध तथा वस्त्र उद्योग जस्ता क्षेत्रमा अत्यन्त उपयुक्त छ, यसले जीवाश्म इन्धनको निर्भरता घटाउनेछ,’ उनले भने ।

सौर्य तापिय ऊर्जा जलवायु परिवर्तन न्यूनीकरणका दृष्टिले समेत ‘लो–कार्बन भविष्य’ तर्फको महत्वपूर्ण कदम रहेको जनाइएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारी, अन्तर्राष्ट्रिय दातृ संस्था, निजी क्षेत्रका प्रतिनिधि र अनुसन्धानकर्ताको सहभागिता रहेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img